पौष १६ गते २०७३

‘स्टन्ट’ देखार्इ भोट अपिल गर्दै सुजना

sujana-stunt-damauli-3

 

समुन्द्र पाैडेल

तनहुँ – महिलाहरू चुलो र चाैकामा मात्र सिमित हुनुपर्छ भन्ने मान्यता राख्नेलार्इ चुनाैती दिने पात्र हुन्, सुजना श्रेष्ठ । तनहुँ बिमलनगरकी सुजनाको कलालार्इ देख्दा अधिकांश मानिस जिल खान्छन् । स्कुटर वा माेटर साइकल चलाउन डर मान्ने महिला पुरूषहरू त उनको कला देखेर जिब्रो नै टोक्छन् । 

स्कुटरमा दुर्घटना पर्दा धेरैको ज्यान गएको समाचार पनि सुनिन्छ । थुपै आजीवन घाइते पनि भएका छन् । कति मानिस त स्कुटर धान्न नसकेर लडिन्छ, चोटपटक लाग्छ भनेर नै स्कुटर सिक्न समेत डराउँछन्, तर सुजना श्रेष्ठ त्यही स्कुटर उडाउँछिन्, फनफनी नचाउँछिन् ।
२ वर्ष अघि रहरले स्कुटर स्टन्टको अभ्यास शुरु गरेकी सुजना अहिले त्यही रहर आफ्नो पहिचान बन्न थालेपछि ढंग छिन् । अहिले सबैको सामु पहिचान बनेको छ, स्टन्टवाली सुजना । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने पल्सर डेर भेन्चर कार्यक्रमले उनलाई देश बिदेशमा यही परिचयबाट चिनायो । ‘युट्युवमा स्टन्ट गरेको भिडियो देखेपछि मैले पनि सक्छु भनेर घर टोलमै सिक्न थाले,’ उनले भनिन, ‘अहिले स्कुटर स्टन्टले परिचय नै फेरिदिएको छ, खुसी लाग्छ ।’ झण्डै एक हजार पाँच सयले सहभागीता जनाएको पल्सर डेर भेन्चरमा अहिले उनी उत्कृष्ट १० मा पर्न सफल भएकी छिन् ।

पर्यटनकर्मी बुबा लालकुमार श्रेष्ठको पछि लाग्दै कहिले रक क्लाम्बिड्ग गर्दा ढुड्गासंग त कहिले क्यानोनिड्गमा झरनाका पानीसंग मितेरी गाँसिसकेकी सुजनाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बिमलनगर सिद्ध गुफा भित्र डोरीमा झुण्डिएर ¥याप्लिड्गको अनुभव समेत बटुलिसकेकी छिन् । पहिल्यैदेखीको बन्जीजम्प गर्ने उनको इच्छालाई भने पल्सर डेर भेन्चरले नै पुरा गरिदियो ।

स्कुटरलाई फनफनी घुमाउने, उडाउने, चढाउने कला भएपनि सुजना राजमार्गमा स्कुटर गुडाउँदा भने अहिलेसम्म ४ पटक दुर्घटनामा परेकी छिन् । भगवान कृपाले उनलाई सामान्य चोट मात्र लाग्यो । राजमार्गमा सवारी गुडाउँदा भन्दा स्टन्ट सुरक्षित महसुस गर्छिन्, उनी । ‘राजमार्गमा गुड्दा अरुको गल्ती र बिग्रिएको सडकले पनि दुर्घटनामा परिदो रहेछ,’ उनले भनिन, ‘तर स्टन्टमा सामान्य चोट लागेपनि धेरै सुरक्षित महसुस गर्छु ।’

भाेटिड्गको अाधारमा पल्सर डेर भेन्चर प्रतियोगिताकाे विजेता घाेषणा हुने भएपछि उनी अहिले भोट संकलनमा व्यस्त रहेकी छिन् । स्कुटरमा स्टन्ट प्रदर्शन गर्दै भाेट संकलनमा जुटेकी सुजनाले काठमाणडाै, कास्की, तनहुँ, गोरखा, लमजुड्ग जिल्लाका विभिन्न भागमा अाफ्नो स्टन्ट प्रदर्शन गरिसकेकी छिन् । शुक्रबार जागाैं युवा नेपालकाे अायाेजनामा दमाैलीमा स्टन्ट गरेकी सुजनाले शनिवार खैरेनीटारमा स्टन्ट गरेर सर्वसाधारणलार्इ चकित पारिन् । नेपालमा नमस्ते र एनसेल माेबाइलबाट म्यासेज बक्समा  PDV स्पेश Sujana टाइप गरी 33131 मा पठाउनुपर्छ भने फेसबुक मार्फत भोटिङ्ग गर्न फेसबुकमा पल्सर नेपालको लाइक पेजमा गई सुजानाको फोटो (यहाँ क्लिक गर्नुहोस् ।) गर्नुपर्छ ।

सानैदेखी स्टन्टकी शाेखिन सुजनालार्इ देशकै प्रतिनिधीत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा जाने रहर छ । ‘त्यो रहर पुरा गर्न मलार्इ सबै देशबासीको माया र साथ चाहिएको छ ।’ उनले भनिन्, ‘त्यसका लागि सबै नेपाली दाजुभार्इ दिदीबहिनीले साथ दिनु हुनेछ भन्नेमा अाशावादी छु ।’

सुजनालार्इ भोट गर्न तलको फेसबुक लाइक लेखेको ठाउँमा क्लिक गर्नुहोस् ।

(facebok like)

हेर्नुहोस् सुजनाको स्टन्ट

यो पनि पढ्नुहोस् । 

स्टन्टमा झुम्यो दमाैली