माघ ४ गते २०७३

अपाङ्गता भएका बालबालिकालाई सहायक सामग्री

apanga samagri bitaran

दमाैली-

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाले शारीरिक अपाङ्गता भएका बालबालिकालाई सोमबार सहायक सामग्री वितरण गरेको छ । रिसेडको संयोजनमा केन्द्रले अपाङ्गता भएका बालबालिकालाई सहायक सामग्री वितरण गरेको हो ।
व्यास नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराम सिग्देलले सहायक सामग्री वितरण गर्दै अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा व्यास नगरपालिका सदैव सँगै रहेको बताए । अपाङ्ग जिल्ला समन्वय समिति तनहुँका उपाध्यक्ष एवं रिसेडका संस्थापक अध्यक्ष प्रकाश पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत चन्द्रमणि अधिकारी, घरेलु तथा साना उद्योग विकास समितिका प्राविधिक अधिकृत विश्वभद्र खनाल, महिला तथा बालबालिका कार्यालयका सामाजिक सुरक्षा शाखाका प्रमुख राधा वाग्ले, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाका उर्मिला एम डोटेल, सिविआर नेटवर्क तनहुँका संयोजक विष्णु प्रसाद गौतम र सेतो गुराँस बाल विकास सेवाका सरिता भण्डारी लगायतले अपाङ्गताको सवाललाई साझा सवाल बनाउन सबै एकजुट हुनुपर्ने बताए ।