फागुन १० गते २०७३

कर्मचारी र स्थानीयबासी मनाङ्ग फर्कन थाले

नेगम परियार

मनाङ–हिमाल पारीको जिल्ला मनाङ्ग जिल्लाका बिभिन्न बजार क्षेत्रमा पुन चहलपहल देखिन थालेको छ ।

जाडो छल्नका लागी बिभिन्न शहर झरेका मनाङ्गका स्थानीय तथा कर्मचारीहरु मनाङ्ग आउन थाले पछि मनाङ्गका बिभिन्न गाउँ बजारमा मानिसको चहलपहल देखिएको हो ।

करिब तिन महिनाको अन्यन्त्र बसाई पछि मनाङ्गगे बासी आफनो कर्म तथा जन्म थलो फर्केका हुन । मनाङ्ग जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु पनि जाडोमा घर जाने गरेकोले मनाङ्ग जिल्ला सुनसान थियो । फागुन महिना लागेसंगै कर्मचारी तथा स्थानीयबासीहरु मनाङ्ग फर्कन थाले पछि मनाङ्ग जिल्लाका बिभिन्न गाउँ बजार क्षेत्रमा मानिसको चहल पहल देखिन थालेको छ ।

बेशिसहर— मनाङ्ग सडक स्तरोन्तीको लागी सडक बन्द गरियता पनी बिभिन्न ठाउँमा गाडी फेर्दै यातायातको ब्यबस्था मिलाईको छ । उक्त सडक पुर्णरुपमा मर्मत कार्य नसकिएकोले पनि अझै कर्मचारी तथा स्थानीय मनाङ्ग आउन अझै बाकी रहेको प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी ले बताउनु भयो ।