चैत्र २१ गते २०७३

सुख्खा पहिरो खस्दा २ जनाको ज्यान गयो

  •      २ गम्भिर घाइते

Mugling

बिनाेद श्रेष्ठ

मुग्लिन -मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने घुमाउनेमा सुख्खा पहिरो खस्दा साेमबार बिहान २ जनाकाे ज्यान गएकाे छ । दुघर्टनामा परी २ गम्भिर घाइते भएका छन् ।

विहान करिब ११ बजेको राजमार्गमा पहिरो खस्दा मुग्लिन नारायणघाट सडक खण्डमा गुड्दै गरेकाे एक पेट्रोल ट्याङ्कर र मोटरसाइकल पुरिएको थियो । दर्जन भन्दा बढी सवारी साधनहरुमा क्षति पु¥याएको छ। पहिरोमा परेर मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ४ ख ५४१९ नम्बरको खाली ट्याङ्कर, बा १९ प ४८४४ नम्बरको मोटरसाइकल, रा १ ख ७७९ नम्बरको मिनि ट्रक, ना ६ ख ६६६४ नम्बरको ट्रक र बा १६ च ३९०७ नम्बरको जिपलार्इ क्षती पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा मोटरसाइकल चालक लमजुङ सुन्दरबजार–३ भोटेवडारका ४५ वर्षिय रेसराज राना रहेको छ भने अर्का मृतकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ । त्यस्तै घाइतेहुनेहरुमा मृतक रानाका १५ वर्षिय छोरा सन्दिप राना र ट्याङ्कर चालक पर्सा लछुमनुवा १८ का ३६ वर्षिय बनु पटेल रहेका छन्।

घाइतेहरूकाे भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । दुर्घटना लगतै मुग्लिन, कुरिनटार र भरतपुरबाट खटिएका सुरक्षाकर्मी उद्धारकार्यमा जुटेका थिए ।राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाए पछि केही समय अघिबाट राजमार्ग सुचारु भएको छ ।