वैशाख ९ गते २०७४

लक्ष्मण बने सचिन दाैडको बिजेता

Rotractदमाैली-

राेट्याक्ट क्लव अफ दमाैलीकाे अायाेजनामा शनिवार दमाैलीमा भएकाे १४ अाै सचिन स्मृती खुल्ला दाैड प्रतियाेगिता सशस्त्र प्रहरीका २८ बर्षिय लक्ष्मण मल्ल प्रथम भएका छन । ९ किलाेमिटर दुरीकाे प्रतियाेगिता ३२ मिनेट ५० सेकेण्डमा पार गर्दै उनले उपाधी हात पारेका हुन् ।

त्यसैगरी सशस्त्र प्रहरीकै गणेश सिहं ठकुरीले ३३ मिनेटमा दुरी पार द्धितीय भए । प्रतियाेगितामा व्यास २ दमाैलीका २० बर्षिय सचिन अाले तृतीय र लाल बहादुर थापाले सान्त्वना उपाधी हात पारे । प्रतियाेगितामा सहभागीहरू मध्ये महिलातर्फ प्रथम हुने जानुका श्रेष्ठ र सबैभन्दा मान्छाे धावक सुजन रिमाललाई प्राेत्साहन स्वरूप पुरस्कार प्रदान गरिएकाे राेट्याक्ट क्लव अफ दमाैलीका अध्यक्ष टिकाराम पनेरूले बताए ।

पुरस्कृत बिजेताहरूलाई प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पाेख्रेलले क्रमश ८१०१, ५१०१, ३१०१ र ११०१ प्रदान गरिएकाे थियाे । प्राेत्साहन बापत महिला र कान्छा धावकलाई ११०१ का दरले पुरस्कार प्रदान गरिएकाे क्लवले जनाएकाे छ ।