श्रावण ३ गते २०७५

भिटेनले तताउँदै छ दमाैली शनिवार

दमाैली – भिटेनका कलाकारहरूले अागमी शनिवार दमाैलीमा सांगितिक प्रस्तुती राख्ने भएका छन्र । मिस क्वीन तनहुँ २०१८काे फाइनलमा उनीहरूले अाफ्नाे सांगितिक प्रस्तुती प्रस्तुत गर्न लागेका हुन् ।

युवतीहरूकाे प्रतिभा प्रस्फुटनका लागि अायाेजित मिस क्वीन तनहुँमा १५ जना सहभागीले प्रतिस्पर्धा गर्नेछन् । तनहुँ इभेन्ट म्यानेजमेण्टले संचालन गर्दै अाएकाे प्रतियोगिताकाे याे तेश्राे श्रृखला हाे ।

शनिवार हुने फाइनल अन्जली धमेल, तारा थापा, सफल घिमिरे, देविका खड्का, अनिता थापा, श्रीजना खत्री, दीपा थापा, गाेरी गुरूङ, टिष्टा श्रेष्ठ, ममता थापा, प्रभा श्रेष्ठ, अारती राना, सबिना गुरूङ र स्वर्निमा गुरूङ प्रतिस्पर्धामा उत्रिदै छन् ।

मिस क्वीन तनहुँ २०१८ काे बिजेताले इण्डाेनेसियाकाे बाली भ्रमणसंगै अाकर्षक पुरस्कार प्राप्त गर्ने अायाेजक   तनहुँ इभेन्ट म्यानेजमेण्टले जनाएकाे छ ।