असार ७ गते २०७६

आदिकवी भानुभक्त क्याम्पस देशकै उत्कृष्ट !

नेपालका १ हजार ८ सय ५४ क्याम्पस मध्ये एमबिएस कार्यक्रममा दमौलीको आदिकवी भानुभक्त क्याम्पसले उत्कृष्टको अवार्ड पाएको छ । न्युज विजनेश एजले आयोजना गरेको बि स्कुल कनक्लेभ तथा अवार्ड समारोहका बिच शुक्रबार काठमाण्डौको होटल अन्नपूर्ण क्याम्पसलाई सम्मान प्रदान गरेको हो।
क्याम्पसले सामुदायिक क्याम्पस तर्फ नेपालको दोश्रो उत्कृष्ट क्याम्पसको अवार्ड समेत प्राप्त गरेको छ । नेपालमा करिब ६ सय सामुदायिक क्याम्पस संचालनमा रहेका छन् । आदिकवी भानुभक्त क्याम्पसले बिबिएस तर्फबाट तेस्रो उत्कृष्ट क्याम्पसको अवार्ड समेत हात पारेको क्याम्पस प्रमुख महाप्रसाद हड्डखलेले जानकारी दिए । शिक्षा सचिब खगराज बराल तथा न्युज बिज्नेस एजका अध्यक्ष मदन लम्सालले क्याम्पस प्रमुख हडखलेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
न्यु बिजनेस एज म्यागाजिनले हरेक बर्ष नेपालका ब्यबस्थापन बिषय पढाई हुने क्याम्पसको अध्ययन अध्यापन, नतिजा, पुर्बाधार र ब्यबस्थापनलाई आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गर्दै सम्मान गर्ने गरेको न्युज बिज्नेस एजका अध्यक्ष मदन लम्सालले जानकारी दिए ।
म्यागाजिनले उत्कृष्ट उच्च शैक्षिक संस्था र बिजनेस संघ संस्थाहरुलाइ सन २०१३ देखि हरेक बर्ष उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ । आदिकवि भानुभक्त क्याम्पसमा ब्यवस्थापन बिषयमा कक्षा ११ र १२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एम बि एस पढाई संचालन हुँदै आइरहेको छ । आदिकवी भानुभक्त क्याम्पसमा ब्यवस्थापन संकायमा करिब १ हजार २ सय बिद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।