असार १६ गते २०७६

कृषि विकास बैंकको एक दिने वित्तिय कार्यक्रम सम्पन्न

तनहुँको व्यास नगरपालिका–३ स्थित वेदव्यास संस्कृति माध्यमिक विद्यालयमा आयोजना भएको एक दिने वित्तिय कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंकका शाखा प्रबन्ध रामबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको क्षेत्रिय निर्देशक नारायण सापकोटाले उद्घाटन गरेका थिए ।

क्षेत्रिय निर्देशक सापकोटाले कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा र अनुदानका विषयमा जानकारी दिए । सहभागीहरुलाई शाखाकी बिन्दु पौडेलले स्वागत गर्दै किसानहरुको यस बैंकले जनताका घरदैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताइन् ।

सहभागीलाई प्रशिक्षक शाखा प्रवन्धक मोतिप्रसाद पौडेलले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको दृश्य प्रदर्शन, अत्याधुनिक बैंक सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यालयका प्र.अ तृलसीशरण सिग्देल, नेपाल महिला संघको केन्द्रिय सदस्य चिनु पोखेरेल लगायत सहभागि भएका थिए ।