असार १८ गते २०७६

मुस्लिम महिलालाई सिलाई कटाई तालिम

मुस्लिम महिलाको सीप विकास र आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले निल कुमारी मियाँ फाउण्डेशनको आयोजनामा मंगलबारदेखी दमौलीमा ३ महिने आधारभुत सिलाई तथा कटाई तालिम शुरु भएको छ । तालिमको सांसद कलिला खानले उद्घाटन गरेकी छन् ।
पिछडिएका मुस्लिम महिला घरायसी कामधन्दा संगै सिप तथा क्षमता बिकासमा अगाडी बढ्न थालेको भन्दै सांसद खानले तालिमको सिपलाई आफू र परिवारका लागि आयआर्जनको माध्यम बनाउन सकिने बताइन् ।
महिलाहरुको सीप विकास गरी आयआर्जनमा लगाउने उद्देश्यले तालिमको आयोजना गरिएको निल कुमारी मियाँ फाउण्डेशनका अध्यक्ष रुबिना खानले बताइन । व्यास नगरपालिकाको आर्थिक सहयोग तथा नुर मुस्लिम महिला समुहको सहयोगमा सुरु भएको तालिममा १२ मुस्लिम महिला सहभागी छन् । तालिमका सहभागीलाई समिना खातुनले प्रशिक्षण दिएकी छिन् ।