असार २२ गते २०७६

बृद्ध भत्ताको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

सरकारकाे सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत प्राप्त गरेको बृद्धभत्ता वापतको रकम एक बृद्धले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । खाेटाङकाे खार्मी गाउँ घर भई काठमाण्डाैमा छाेराहरूसंग बस्दै अाएका ७९ बर्षिय किल्ला बहादुर राईले केन्द्रलाई २५ हजार रूपैया सहयाेग गरेका हुन ।

छोरा भाला राईसंग केन्द्रमा पुगेका उनले आविष्कार केन्द्रले निर्माण गर्दै अाएका उपकरणहरूकाे समेत अवलाेकन गरेको राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले जानकारी दिए । किल्ला बहादुर राइले केन्द्रले निर्माण गर्दै गरेको बादर लखेट्ने उपकरण खरिद गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।