असार २६ गते २०७६

सरकारी पैसामा रक्सीकाे खाेलो

तारासंगै जुन, बिर्सयाैकी मायाले मैले लाको गुन ...

याे बिहेमा बज्ने पन्चेबाँजाको गीत बुधबार साँझ कुनै विवाह वा पार्टीमा बजेको थिएन । बुधबार साँझ व्यास नगरपालिकाका सभाहलमा एउटा अचम्मकाे दृष्य देख्न पाइयो । जहाँ जनप्रतिनीधी र कर्मचारीहरू निर्धक्क मदिरा सेवन गरेर गरिरहेका थिए । जहाँ स्वंय नगरप्रमुख बैकुण्ठ न्याैपाने उपस्थित थिए । मदिरासंगै गीतकाे तालमा जनप्रतिनीधी र कर्मचारी मस्त नाचिरहेदा मेयर स्वंयम उपस्थित थिए ।

व्यास नगरपालिकाले बुधबार ३१ अाै नगरसभा सम्पन्न गरेको छ । नगरसभा सम्पन्न भएलगतै जनप्रतिनिधी र कर्मचारी व्यापक मदिरापान सेवनमा व्यस्त भएका थिए । ‘वल्ड दरबार’ र ‘टुबाेर्ग’ बियर नगरपालिकाकाे खर्चमा खरिद गरिएको नगरपालिकाका एक कर्मचारीलार्इ उदृत गर्दै बिहीबारको तनहुँ उद्घोष दैनिकले समाचार हालेको छ ।