असार २६ गते २०७६

व्यासको बजेट १ अर्ब ३८ करोड

‘विविधता युक्त गाउँ सहर-समृद्ध मेराे व्यास नगर’ बनाउने अभियानका साथ व्यास नगरपालिकाले अार्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ३८ कराेड ३ लाख २५ हजार रूपैयाकाे बजेट सर्वसम्मत पारित गरेको छ । व्यास नगरपालिकाको बुधबार सम्पन्न ३१ अाै नगर सभाबाट बजेट सार्वजनिक गरेको हाे ।

कृषि क्षेत्रको अाधुनिकिकरण, यान्त्रिकरण, व्यवस्थापकीय, सिचार्इको सुनिश्चितता गरी उत्पादन बृद्धि गरी फलफूल, तरकारी माछा मासु र खाद्यन्नमा अात्मनिर्भर हुने गरी कार्यक्रम तय गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं एेतिहासिक स्थलहरूकाे पहिचान गरी पर्यटन क्षेत्रको विकास गर्न विभिन्न मठमन्दिरहरू, काेटकाे स्तरोन्नती, नदीहरूमा जलबिहार, प्याराग्लाइडिङ लगायतका कार्यक्रमलार्इ अघि सारेकाे छ ।