श्रावण १ गते २०७६

सनराइजले दियो स्वास्थ्य बीमाको भुक्तानी

सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकका लागि ल्याएको “स्वास्थ्य बीमा सुविधा” अन्र्तगतको रकम भुक्तानी गरेको छ । बैकले आदिकवी भानुभक्त बहुमुखी क्याम्पसका उपप्राध्यापक चिरन्जिबि बस्नेतलाई सोमबार स्वास्थ्य वीमा रकम भुक्तानी गरेको हो ।

बिरामी भई बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा प्रा.लि अस्पतालमा भर्ना भई उपचार गराउ‘दा लागेको उपचार खर्च मध्ये बैकले ३९ हजार ६ सय ३५ रुपैया प्रदान गरेको बैंकका शाखा प्रबन्धक किर्तिमान रानाले जानकारी दिए । उक्त रकम शाखा प्रमुख रानाले बचतकर्ता बस्नेतलाई प्रदान गरेका हुन।
स्वास्थ्य बीमा सुबिधा अन्तर्गत बैंकका हरेक बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम बैकमा दाबी गर्न पाइने बैकका शाखा प्रबन्धक रानाले बताए ।