श्रावण ३ गते २०७६

व्यावसायिक पत्रकारिताका लागि उच्च शिक्षा आवश्यक

काठमाण्डौ, साउन ३ । व्यावसायिक पत्रकारिताको लागि व्यावहारिकका साथै पत्रकारिता सम्बन्धी शिक्षा पनि आवश्यक रहेको आवश्यकता औल्याइएको छ । पत्रकारिता सम्बन्धी उच्च शिक्षा प्रदान गरिरहेको वानेश्वर काठडमाडौंको सेफर्ड कलेजले शुक्रबार कलेजमा आयोजना गरेको ‘मिडिया शिक्षाको अवस्था’ विषयक अन्तरक्रियाका सहभागीले व्यावहारिक साथसाथै पत्रकारिताको सैद्धान्तिक र उच्च शिक्षाको ज्ञान पनि आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो । सो अन्तरक्रियामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेशराज आर्चायले नेपालमा मिडिया पढ्नुपर्ने विषय हो कि हैन भन्ने कुराको बहस अहिले पनि चलिरहेको बताउनुभयो । “पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएकाले यसको महत्व कम देखिएको तर विस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुश हुन लागेको छ”, डा. आचार्यले भन्नुभयो । कलेजका प्रिन्सिपलसमेत रहनुभएका डा आचार्यले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमीका कर्मचारीको आवश्यकता देखिने गरेको बताउनुभयो । “ तर, लोकसेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएकोले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी रहेको छ”, उहाँको सुझाव थियो । महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत भएको भन्दै आम सञ्चार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो । रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता पढाउँदै आउनुभएका पत्रकार जगत नेपालले पत्रकारिताको अध्ययन गर्नेहरुले पत्रकारिता पेशालाई व्यावसायिक बनाउन योगदान पु¥याएको धारणा राख्नुभयो । उहाँले पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको बताउनुभयो । सो अन्तक्र्रियामा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा, भीम गौतम, जुनारवावु बस्नेत, रविन पोखरेललगायतले पत्रकारिता शिक्षाको आवश्यकता र व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाको बारेमा आआफनो विचार व्यक्त गर्नुभएको थियो । सेफर्ड कलेजमा मिडिया शिक्षाबारे बहस ः पत्रकारिताको उच्च शिक्षामा जोड काठमाण्डौ, ३ साउन । व्यावसायिक पत्रकारिताको लागि अनिवार्य रुपमा पत्रकारिताको उच्च शिक्षा अध्ययन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आमसञ्चार र पत्रकारिता सम्बन्धी उच्च शिक्षा पठनपाठन गरिरहेको काठमाडौं वानेश्वरको सेफर्ड कलेजले कलेजमा आज आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्तरक्रियाका सहभागीहरुले उक्त आवश्यकता औल्याएका हुन् ।

सो अन्तक्र्रियामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेशराज आर्चायले नेपालमा मिडिया पढ्नुपर्ने बिषय हो की हैन भन्ने कुराको बहस अहिले पनि चलिरहेको छ भन्नुभयो । उहाँले पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएको कारण यसको महत्व कम देखिएको तर बिस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुस हुन लागेको बताउनुभयो । उहाँले कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमीका कर्मचारीको आवश्यकता देखिने गरे पनि लोकसेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएकोले त्यसतर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी रहेको बताउनुभयो । महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत भएको भन्दै आम सञ्चार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा पत्रकार जगत नेपालले पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा

र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार विजय पौडेल, अविरल थापा, भीम गौतम, जुनारवावु बस्नेत, रविन पोखरेल लगायतले पत्रकारिता शिक्षाको आवश्यकता र व्यावसायिक पत्रकारितामा यसको भूमिका र अवस्थाको बारेमा आआफनो धारणा र सुझाव राख्नुभएको थियो ।