श्रावण ११ गते २०७६

भानुमा रक्तदान कार्यक्रम सम्पन्न

मनोजकुमार श्रेष्ठ/भानु

क्षत्री समाज नेपाल भानु नगर समितीको आयोजनामा शनिवार भानुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्षत्री समाज नेपालका केन्द्रीय सचिव हिमाल खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगत अभावका कारण जोखिमपूर्ण अबस्थामा रहेका बिरामीको उपचारका लागि रगतको दान गर्नु मानवीय धर्म भएको बताए ।
क्षत्री समाज नेपाल भानु नगर समितीका अध्यक्ष राम बहादुर क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ७६ जनाले रक्तदान गरेको दमौली रक्त संचार केन्द्र दमौलीकी प्राविधिक जशोदा थापाले जानकारी दिइन् । रक्तदान कार्यक्रममा उल्लेख्य मात्रामां महिला तथा युवाको सहभागिता रहेको थियो ।