श्रावण १२ गते २०७६

बेष्ट फाईटर बुढाथोकी सम्मानित

कीर्तिपुर नगरपालिका ४ वडा निवासी कराते खेलाडी पुरुषोत्तम बुढाथोकी गत जुलाई ७ र ८ मा हङकङ सम्पन्न अन्तर्राष्ट्रिय ओशिकाइ कराते च्याम्पियनसीपमा बेस्ट फाइटरको उपाधि हात पार्न सफल हुनुभएको थियो । गोजोरीयो कराते ओशिकाइ जापान, हङकङ शाखाको आयोजनामा भएको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय शोतोकान कराते डो एसोशियसन नेपालको तर्फबाट उक्त च्याम्पियनसीपमा भाग लिन हङकङ जानुभएको थियो । हङकङमा सम्पन्न खेलमा थाइल्याण्ड, भियतनाम र मकाउका खेलाडीसंग बुढाथोकीले खुल्ला तौलमा प्रतिस्पर्धा गर्नुभएको थियो । च्याम्पियनसीपमा भाग लिएर बुढाथोकीले बेस्ट फाइटरको उपाधि हात पार्न सफल भए । करातेको क्योकुसिन कराते विधाका अनुभवी खेलाडि बुढाथोकीले नेपालको लागि ओशिकाइ कराते विधा पहिलो पटक खेल्नुभएको हो । कीर्तीपुर नगरपालीका वडा नं. ६ का वडाध्यक्ष श्री न्हुछे बहादुर महर्जनले खेलाडी बुढाथोकीलाई सम्मान गर्दै नेपालको नाम अन्तराष्ट्रीय जगतमा चिनाउन अनुशासित र मर्यादितरुपमा खेल प्रस्तुत गरि बेष्ट फाईटरको उपाधि प्राप्त गर्नु भएकोमा बुढाथोकीको खेल जिवनको उत्तरोउत्तर प्रगतीको कामनाका साथै हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै खेल क्षेत्रमा क्रियाशिल बुढाथोकीले खेलकूदलाई नै आफ्नो जीवनको एकमात्र लक्ष्य लिई खेलमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दै आएकाले त्यसमै उज्ज्वल भविष्य रहेको वडाध्यक्ष महर्जनले बताउ‘नुभयो । बुढाथोकीले खेलकूद बाहेक विभिन्न संस्थाहरुमा आबद्ध भई सामाजिक सेवामा समेत आजभोली निकै कार्यहरु गरेकाले युवाका निकै प्रिय बन्नुभएको छ साथै युवाहरु बुढाथोकीले झै लगनशिल भएर खेलकुदक्षेत्रमा लागे नाम कमाउन सकिने पनि विश्वास व्यक्त गरेका छन् । देश र आफ्नो गाँउको नाम राख्नको गराउनको लागि खेलक्षेत्रमा लागेको बताउने बुढाथोकी खेलक्षेत्रमा लागेर र समाजसेवा गरेर स्वदेशको सेवा गर्ने बताउनुहुन्छ ।