श्रावण १३ गते २०७६

जन्मदिनमा गाउँलेलाई स्वास्थ्य सामाग्री

मानिसले जन्म दिन मनाउने भिन्न भिन्न तरिका हुन्छ। तनहुँकी एक बालिकाले जन्मदिनमा गाउँलेलाई स्वास्थ्य उपचार सामाग्री वितरण गरेर जन्मदिन मनाएकी छिन् । ऋषिङ गाउँपालिका ३ मौरीबास निवासी रस्मी रानभाटले आफ्नो जन्मदिनमा गाउँका ४० घरधुरीलाई प्राथमिक उपचार सामाग्री, गाउँका युवती र महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकी हुन्। 
युवा अवस्था प्रवेश गरेको जन्मदिन कसरी मनाउने भन्ने अभिभावकको जिज्ञासामा आफूले जन्म गाउँमा आएर जन्मदिन मनाउन चाहेकोले अभिभावकको अनुमतीमा गाउँ आएर जन्मदिन मनाएको रस्मीले बताइन । ‘केक र पार्टी गरेर फजुल खर्च नगरी गाउँमा नै आएर जन्मदिन मनाए’ उनले भनिन, ‘गाउँका आमा–दिदी, भाई बहिनीसंग जन्म दिन मनाउन पाउँदा खुसी लागेको छ।’ 
७ वर्ष अघि लण्डन गएकी रस्मी शनिवार जन्मदिन मनाउन प्राथमिक उपचार सामाग्री, सेनेटरी प्याड र शैक्षिक सामाग्री सहित गाउँ पुगेकी थिइन। उनको जन्मदिनको कार्यक्रमको स्थानीय अकला युवा क्लवले कार्यक्रमको समन्वय गरिदिएको थियो। उनी क्लवकी सदस्य समेत हुन।
गाउँका विद्यार्थीको अध्ययनका लागि सहयोग पु¥याउन र गाउँका महिला दिदीबहिनीको स्वास्थ्य बारेमा सचेतना दिन आफूले जन्मथलोमा आएर जन्मदिन मनाएको रस्मीले बताइन । परिवारसंग बिदेशमा बस्दै आएकी युवतीले जन्मदिनमा गाउँमा आएर गाउँलेको स्वास्थ्यका विषयमा सरोकार राखेपछि गाउँलेले खुसी व्यक्त गरेका छन्।