श्रावण २१ गते २०७६

आँबुखैरेनी सांस्कृतिक महोत्सव हुने

कृष्णजन्माष्टमी, बुबाको मुख हेर्ने दिन तथा हरितालिका
तीजको अबसरमा आँबुखैरेनीमा आँबुखैरेनी सांस्कृतिक महोत्सव
हुने भएको छ । मिलन युवा समाज क्लव र आँबुखैरेनी कला
केन्द्रको संयुक्त आयोजनामा भाद्र ५ गतेदेखी भाद्र १७ गतेसम्म
महोत्सवको आयोजना गर्न लागिएको हो ।
‘विभिन्न जातजातिहरुको कला, संस्कृति, परम्परा, भेषभुषा,
संस्कारको पहिचान युवा जगतको अभियान’ भन्ने नाराका साथ
आयोजना गरिन लागेको महोत्सवले स्थानीय कला संस्क ृतीसंगै
घरेलु उत्पादन, पर्यटकीय सम्भावनालाई उजागार गर्न सहयोग
पुग्ने आयोजकले जनाएको छ । आँबुखैरेनी –३, सैबोटे,
मिलनचोकमा संचालन हुने महोत्सवमा बालबालिकाको लागि
बाल उद्यान, दैनिक उपभोग्य बस्तुको बिक्री कक्ष, जातीय परि
कारका खानाका स्टलसंगै विभिन्न प्रतियोगिताहरु संचालन हुने
आयोजकले जनाएको छ ।