श्रावण २५ गते २०७६

बिभिन्न पार्टी त्याग गरी १५ नेकपा प्रवेश

व्यास नगरपालिका १० खहरे टोलमा शनिवार बिभिन्न पार्टी परित्याग गरि १५ जना नेकपामा प्रवेश गरेका छन् । शनिवार खहरेमा नेकपा कम्युनिष्ट पार्टी व्यास १० काे संयोजनमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेकालाई नेकपाका जिल्ला सदस्य बसन्त दरै र वृद्धा विष्णु माया ढुङ्गानाले टीका लगाएर नेकपामा स्वागत गरेका थिए ।

नवप्रवेशीलार्इ नेकपाका नेता धन बहादुर पुन, मायानाथ कोईराला,विष्णु प्रसाद ढकाल दुर्गा पाैडेल, नेकपा व्यास १० का अध्यक्ष हरिबिलास अधिकारी , नेकपा बोटेगाउ टोल कमिटीकी सचिव मन माया बोटे लगायतको सहभागी रहेको नेकपा व्यास १० का सचिव मदन तिमल्सेनाले जानकारी दिए ।

नेकपा प्रवेश गर्नेमा अनेरास्ववियु छैटौंका जिल्ला अध्यक्ष विजय गिरी, सहित नेपाली कांग्रेस समर्थक बाल नन्द कडेल , उमकान्ता ढुङ्गाना, ऋषि कुमार दरै, भक्त बहादुर दरै, रिन कला नेपाली , टुल्की गुरुङ , गणेश सुकदेब, भगवती ढुङ्गाना, शान्ति मिश्र, लोक बहादुर दरै, सुचिता थापा लगायत रहेकाे नेकपा व्यास १० कमिटीले जनाएकाे छ ।