श्रावण २७ गते २०७६

विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । अर्याललाई आइतबार सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । 

जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बास्तोलाले बताए ।