श्रावण २८ गते २०७६

योगेन्द्रको चट्ट रुमाल गीतको भिडियो सार्वजनिक

लामो समयदेखि नेपाली गीत संगीतक्षेत्रमा आफ्नो कलाको माध्यमबाट परिचित अनुहार हो योगेन्द्र खनाल । तिनै योगेन्द्र खनाल फेरि एकपटक आफ्नो जादुमयी स्वरको साथ नेपाली गीत संगीतको बजारमा उपस्थित भएका छन, राधा सुवेदीको रचना रहेको चट्ट रुमाल खोलीमा धोयो मायाले, कलेजीको कुनामा छोयो मायाले गीत मार्फत ।

योगेन्द्र खनाल र जुनु गौतमको स्वर रहेको गीतमा संगीत पनि गायक योगेन्द्र खनाल र रचनाकार राधा सुवेदीकै रहेको छ । हाईलाईटस् नेपालबाट बजारमा आएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

गीत संगीत आफ्नो कर्म र चाहना भएको कारणले पनि गीतलाई कर्णप्रिय बनाउन र भिडियोलाई आर्कषक बनाउनको कुनै कसर नछोडेको बताउ छन कीर्तिपुर सल्यान स्थान निवासी गायक योगेन्द्र खनाल । युटुव च्यानलमा राखेको केहि दिनमा राम्राे भ्युज पाएपछि गीतकाे निर्माण युनिट अहिले उत्साहित भएको छ ।