माघ १२ गते २०७३

एकदेव आलेको स्मृति दिवस सम्पन्न

ek

दमाैली-

क्रान्तिकारी किसान नेता एवं बाम प्रजातान्त्रिक आन्दोलनका योद्धा एकदेव आलेको ४७औ स्मृति दिवस बुधबार मनाइएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हरिबहादुर चुमानले लामो समयदेखि एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको जग्गा प्राप्तिको लडाई बल्ल पूरा भएको बताए । नेकपा एमाले केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संस्कृति मन्त्रालय मार्फत ४५ लाख रुपैयाँ प्रतिष्ठानको नाममा ल्याउन सफल भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री भिम प्रसाद गौतम, स्मारक निर्माण संयोजक शेषमणी अचार्य, एकदेव आलेको जीवनी लेखक दधिराज सुवेदी, नेपाली कांग्रेस जिल्ला सभापति बैकुण्ठ न्यौपाने, नेकपा एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष पुष्ष्पलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।