चैत्र १० गते २०७३

का‌ंग्रेस उपसभापति रानाकाे अन्त्येष्टी

tara 1

दमाैली-

हृदयघातबाट निधन भएका नेपाली कांग्रेस तनहुँका उपसभापति ताराराज रानाकाे बिहीबार अन्त्येष्टी गरिएकाे छ । रानाको दमौलीस्थित मादीसेती घाटमा अन्त्येष्टि गरिएको हो ।
बुधबार बिहान आफ्नो स्वास्थ्यमा असहज महशुस भएपछि उपचारका लागि पोखरास्थित फिस्टेल हस्पिटलमा पुगेका रानाको त्यही नै निधन भएको थियो ।
रानाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ९ बजे देखि ११ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो ।

tara rana shradanjali

त्यस क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं वनमन्त्री शंकर भण्डारी, सांसदहरु धु्रव वाग्ले, रामचन्द्र पोख्रेल, झुलबहादुर आले, केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, जिल्ला सभापति बैकुण्ठ न्यौपाने लगायतका पार्टीका उच्च पदमा रहेका व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका व्यक्तित्वहरु, कर्मचारी, उद्योगी व्यवसायी लगायत नेपाली कांग्रेसका सयौं कार्यकर्ताले स्वर्गीय रानाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसअघि रानाको पार्थिव शरीरलाई दमौली बजार परिक्रमा गराइएको थियो । पार्टी कार्यालयदेखि सुरु भएको शवयात्रामा धेरै कार्यकर्ताको सहभागिता रहेको थियो।
नेपाल विद्यार्थी संघ मार्फत कांग्रेसको राजनीतिमा सक्रिय रहेका राना पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै दुईपटक उपसभापति बनेका थिए ।