वैशाख ७ गते २०७४

तनहुँ जलविद्युतको ३७ करोड मुआब्जा बितरण

दमाैली–तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि हालसम्म झण्डै ३७ करोड रुपैया वितरण गरिसकेको छ । अघिल्लो चरणमा १५ करोड ६८ लाख मुआब्जा वितरण गरिसकेको आयोजनाले दोश्रो चरणमा २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरि सकेको छ । विहीबार मात्रै ५ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको छ ।
१४० मेगावाट क्षमताको आयोजना निर्माण स्थलले डुबानमा पर्ने तनहुँको भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रमा डुवानमा पर्ने जग्गाका धनीहरुलाई मुआब्जा प्रदान गरिएको आयोजनाका उपनिर्देशक लोकप्रसाद नेपालले बताए ।
जलशायबाट डुवान क्षेत्रमा पर्ने करिव एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्दा करिव ६० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ ।