मंसिर १७ गते २०७४

जनताले रामचन्द्र पाैडेलकाे बिकल्प खोजीरहेका छन् : श्रेष्ठ

कृष्णकुमार श्रेष्ठ ‘किसान’ तनहुँ क्षेत्र नं .१  बाटबामगठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । तनहुँलाई औद्योगिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र विकासको पुर्वाधारमा नमुना बनाउने योजना लिएर चुनाबी मैदानमा होमिएका श्रेष्ठसंग खबरवाटिका डटकमले लिएको अन्तर्वाता ।

खबरवाटिका: चुनावी अभियान कस्तो चल्दै छ ?
उम्मेदबार श्रेष्ठ : प्रतिनिधी सभा सदस्यको निर्वाचन पनि नजिकै आइसक्यो । अहिले पनि चुनावी अभियान अन्र्तगत मतदाताको घरदैलोमा र सभा सम्मेलनमा नै व्यस्त छौ । बाम गठबन्धनको साँझा उम्मेदवारको रुपमा मेरो उम्मेदबारी भएकोले यसपाली नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टीका सबै तहका कार्यकर्ताहरु चुनावी अभियानमा नै लागि परिरहनु भएको छ ।

खबरवाटिका : घरदैलोमा जादाँ जनताको समस्या के पाउनुभयो त ?
उम्मेदबार श्रेष्ठ: तनहुँ जिल्ला राजधानी काठमाण्डौको नजिकै भएता पनि यहाँका गाउँहरु दुर्गम जिल्लाका भन्दा कम छैनन् । व्यास नगरपालिकाको वडा नंं. ९, रिस्तीका विभिन्न गाउँका जनता अहिले पनि बिरामी हुदाँ सिटामोल खान सदरमुकाम दमौली आउनुपर्ने बाध्यता छ । कोटा, छिपछिपेका जनता एउटा पक्की पुल नहुदाँ यातयातमा कठिनाई झेल्नु परेको छ । घुमाउनेमा पक्की पुल नहुदाँ समस्या छ । गाउँमा जनताको ठूला समस्या केही छैन । यातायात, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारीकै समस्याहरु छन् ।

खबरवाटिका: तपाईको प्रतिद्धन्द्धीको रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँले गर्न नसकेको विकास तपाईले कसरी गर्न सक्नुहुन्छ ?
उम्मेदबार श्रेष्ठ: बिकास गर्ने पदले होइन मनले हो । बिकास गर्ने चहाना राखियो भने यस क्षेत्रको बिकास सजिलै सम्भव छ । साबिक तनहुँ २ बाट यसअघि नेतृत्व गर्नु हुने मेरा प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले यस क्षेत्रको बिकासमा कुनै पनि चासो देखाउनु भएन । बिकासप्रति चासो देखाउनु भएको भए जनताले बिकल्प खोज्ने थिएनन् । अहिले तनहुँका जनताले रामचन्द्र पौडेलको बिकल्प खोजीरहेका छन् । जनप्रतिनिधी बन्नु भनेको जनताको सेवा गर्नका लागि हो आफ्नो पद र स्वार्थका लागि होइन ।

खबरवाटिका: तनहुँ १ को चुनावी मतपरिणाम कस्तो आकलण गर्नु भएको छ त ?
उम्मेदबार श्रेष्ठ : प्रतिनिधी सभा सदस्यको निर्वाचन पनि नजिकै आइसक्यो । अहिले पनि चुनावी अभियान अन्र्तगत मतदाताको घरदैलोमा नै व्यस्त छु । बाम गठबन्धनको साँझा उम्मेदवारको रुपमा मेरो उम्मेदबारी भएकोले यसपाली नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथीहरु पनि सक्रिय रुपमा लागि पर्नु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुको बर्षौ देखीको बिकास निर्माणको चाहाना अधुरै छ । यसपालीको निर्वाचनमा ४ हजार भन्दा बढि मतान्तरले मैले जित्छु ।