नेता कार्यकर्ता पक्राउ प्रति प्रदेश सभा सदस्य कोइरालाको निन्दा

Byखवरबाटिका

२२ माघ २०७७, बिहीबार १०:२४ २२ माघ २०७७, बिहीबार १०:२४ २२ माघ २०७७, बिहीबार १०:२४

दमौली- नेपाल कम्युनिस्ट पार्टी माधव प्रचण्ड समुुुुुहले आयोजना गरेको आमहड्तालको क्रममा बिहीबार प्रहरीले  दमौलीमा गरेको पक्राउको नेपाल कम्युनिस्ट पार्टी माधव प्रचण्ड समुुुुुहले निन्दा गरेको छ।

नेकपा केन्द्रीय सदस्य तथा तनहु जिल्ला सह- ईन्चाज अाशा काेईरालाले बिज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेस सदस्य अतिन्द्र केशरी न्याैपाने, युवासंघ तनहुँका अध्यक्ष ईश्वर बस्याल लगायत डेढ दर्जन नेता कार्यकताकाे पक्राउकाे भत्सर्ना गरेकाे जनाएको छ।

प्रदेश सभा सदस्य कोइरालाले जारी गरेको बिज्ञप्तीमा केपी वली सरकारकाे असम्बैधानिक, निरंकुश एवं स्वेच्छाधारी कदमका विरुद्ध गरिएकाे अान्दाेलनमा गरिएकाे प्रहरी दमनकाे निन्दा गर्दै पक्राउ परेकाे नेताहरुकाे विनासर्त तत्काल रिहाइको माग गरेकी छिन । साथै अान्दोलनकाे दमन नगर्न प्रहरी प्रशासनलाई अपिल गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *