काङ्ग्रेस नेता भण्डारी द्वारा थर्पु कभर्डहल उद्घाटन

Byखवरबाटिका

१२ चैत्र २०७७, बिहीबार १६:५७ १२ चैत्र २०७७, बिहीबार १६:५७ १२ चैत्र २०७७, बिहीबार १६:५७

विकास खनाल

म्याग्दे : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री सँकर भण्डारीले थर्पु कभर्डहलकाे उद्घाटन गरेका छन् । बिहिवार थर्पुमा अायाेजित एक भब्य कार्यक्रमका विच हलकाे उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारीले खेलकुद पुर्वाधारकाे बिकासमा पालीका स्तरीय मुल्यांकन गर्दा म्याग्दे गाउँपालीका अब्बल पाएकाे बताए । तनहुँकाे अत्यन्तै पुरानो र एतिहासिक थर्पु बजार र यहाँको सामाजिक चाहना हरू लाई पूरा गर्न अाँफु अातुर रहेको उनको भनाइ थियो । अाँफुले भाेलिका दिनमा अवसर पाएमा थर्पु र यस अासपासका ठाउँको बिकासलाई उच्च प्राथमिकता दिएर काम गर्ने भण्डारिले प्रतिवद्दता जनाए । नेपालका अधिकांश खेलाडीहरू पहाडी एरियाबाट नैँ उत्पादन भएको हुँदा थर्पु ब्याडमिन्टन क्लवले पनि यस हल सम्पन्न पश्चात् राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्नेमा अाँफु बिश्वस्त रहेको उनलेे बताए । बनेको कभर्डहलकाे भरपुर प्रयाेग गर्नुस र स्वस्थ बन्नुस भण्डारीले भने । अर्को प्रसङ्गमा प्रमुख अतिथि भण्डारीले हाम्रो देशका जनताको के दाेश छ र सधैं अस्थिरता ब्यहाेर्नपर्छ , कम्युनिस्टले स्थिर सरकारकाे म्याण्डेट पाएपनि सरकार चलाउन नसकेको र अस्थिरता निम्त्याएकोले अाँफुलाइ यसले निकै चिन्तित र दुखि तुल्याएको बताए । याे देशमा जबजब अफ्ट्याराे पर्छ तब काङ्ग्रेस मात्रै समाधानको सुत्रधार भएको भण्डारीकाे भनाइ थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकास अालेले बाटोघाटाे , बत्ती , पानी मात्रै बिकास नभै खेलकुदकाे क्षेत्रका लागि यस किसिमका भवन बन्नुपनि बिकास भएको बताए । स्वास्थ्यकाे लागि खेलकुद अपरिहार्य भएकोले खेलकुद तर्फ लाग्न युवाहरूलाई उनलेे अाग्रह गरे । कार्यक्रमका बिशिस्ट अतिथि म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले खेलकुद सँगसँगै सबै क्षेत्रकाे बिकासकाे लागि गाउँपालिका निरन्तर लागिरहेको बताइन् । कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ संगठन बिभाग प्रमुख एवं म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , गाैरबराज राना , हिरा गुरूङ , प्रेमबहादुर थापा , दिपक कुमार श्रेष्ठ , बद्रीका घिमिरे , डिलबहादुर नेपाली लगायतका बक्ताहरूले बाेलेका थिए । स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम म्याग्दे ब्याडमिन्टन कप २०७७ चैत १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष कुशल थापाले साे अवसरमा जानकारी दिए । क्लवका अध्यक्ष कुशल थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत नरसिंह रानाले र सञ्चालन पशुपति अर्यालले गरेका थिए । २७ लाख रूपयाँमा कभर्डहल भवन सम्पन्न भएको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *