आँबुखैरेनी बजारमा नांङ्गाेतार हटाएर एबिसि केबुल

Byखवरबाटिका

१३ भाद्र २०७८, आईतवार १६:४८ १३ भाद्र २०७८, आईतवार १६:४८ १३ भाद्र २०७८, आईतवार १६:४८

 रामबहादुर धामी आँबुखैरेनी।       तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको आफ्नै पहलमा यति बेला आँबुखैरेनीको विभिन्न ९ वटा टाेलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान कार्य भैरहेको छ । तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि कम्पनीका प्रमुख कपिल पाण्डेसँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताउनुभयो । एक साता अघि देखि विभिन्न टाेलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टाेलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिनुभयो । नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टाेक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न । केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *