पौष २ गते २०७५

बिपन्न बिद्यार्थीलार्इ युनियन लाइफकाे सहयाेग

बन्दीपुर – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तनहुँ शाखाले बन्दीपुर गाउँपालिका ५, बाहुन भञ्ज्याङ स्थित त्रिभुवन प्राथमिक विद्यालयका विद्यार्थीलाई साेमबार शैक्षिक तथा स्टेशनरी समाग्री प्रदान गरेको छ ।
विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामाग्री हस्तान्तरण गर्दै युनियन लाइफ इन्स्योरेन्स तनहुँका शाखा प्रमुख राजकुमार श्रेष्ठले विद्यार्थीलाई अध्ययन कार्यमा जुटाउनका लागि कम्पनीले विपन्न विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामाग्री प्रदान गरेको बताए ।
विद्यार्थी पुस्तक पसलका संचालक एवं युनियन लाइफका एजेन्सी म्यानेजर ताराराम श्रेष्ठले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पु¥याउन विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पुस्तकालयका लागि पुस्तक सहयोग गरेको बताए । कार्यक्रममा बोल्दै विद्यालयकी पुर्व शिक्षिका योगिता श्रेष्ठले लामो समय पश्चात आफूले अध्यापन गराएको विद्यालयका विद्यार्थीलाई शैक्षिक एवं स्टेशनरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर समुन्द्र पौडेल, शान्ताराम न्यौपाने, विष्णुविकास थापा लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका थिए । लाइफ इन्स्योरेन्स कम्पनीले विद्यालयलाई प्रधानाध्यापक पर्शुराम परियारलाई पुस्तकालय तथा खेलकुद सामाग्री समेत प्रदान गरेको थियो ।