पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर

Byखवरबाटिका

१३ कार्तिक २०७८, शनिबार ०९:२१ १३ कार्तिक २०७८, शनिबार ०९:२१ १३ कार्तिक २०७८, शनिबार ०९:२१

बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ । पर्यटकीय क्षेत्रमा अब्बल रहेको बन्दीपुरले अर्थतन्त्र उकास्न कृषि क्षेत्रलाई पनि जोड दिएको छ । गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।

प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले भने,‘ कृषि क्षेत्र उकास्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । पर्यटन सँगै कृषिलाई पनि अघि बढाउन हामी लागिपरेका छौं । ’ उनका अनुसार गत वर्ष किसानलाई हलो वितरण, पकेट क्षेत्र निर्माण र बिउ वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । गत वर्ष १ हल गोरु पाल्ने किसानलाई १ थान हलो अनुदानमा उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा फलामको हलो किसानलाई उपलब्ध गराउने कार्यक्रम पनि जारी रहेको गाँउपालिका उपाध्यक्ष करुण गुरुङले जानकारी दिईन् । उनले भनिन्,‘परम्परागत खेती प्रणालीको जगेर्ना गर्न गत वर्ष देखि हामीले यो कार्यक्रम ल्याएका हौं ।’ नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण अभियान सुरु भएको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *