आठौं तनहुँ महोत्सव हुने

Byखवरबाटिका

१७ मंसिर २०७८, शुक्रबार १५:१५ १७ मंसिर २०७८, शुक्रबार १५:१५ १७ मंसिर २०७८, शुक्रबार १५:१५

दमाैली –  तनहुँ उद्योग वाणिज्य संघकाे आयाेजना तथा तनहुँ उद्याेग वाणिज्य संघ दमौली बजार इकाईको सह-आयोजनामा दमौलीमा आठौं तनहुँ महोत्सव २०७८ हुने भएको छ । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गर्दै पौष २९ गते देखि माघ १० गते सम्म व्यास ३ स्थित बिपि वनवाटिकामा महाेत्सव हुने आयोजकले जनाएको छ । आर्थिक,सामाजिक बिकासका साथै स्थानीय उत्पादन,कृषि,धार्मिक,सास्कृतिक,पर्यटकीय स्थल,उद्योग,व्यापार व्यवसायको सम्भावना अध्ययन गरि प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव गर्न लागेको बताइएको छ ।
उद्योग वाणिज्य संघका सभापति पबिन्द्रकुमार श्रेष्ठले कोरोनाले शिथिल रहेको व्यवसायका क्षेत्रहरुलाइ चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार महोत्सवमा ६ करोडको कुल लगानी र ८० लाखको हाराहारीमा आम्दानी हुने अपेक्षित गरिएको छ । महोत्सवमा ५ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवको प्रबर्द्धकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *