बन्दीपुरमा जीप दुर्घटना, ४ जनाकाे मृत्यु, ८ घाइते

Byखवरबाटिका

३० पुष २०७८, शुक्रबार २२:१३ ३० पुष २०७८, शुक्रबार २२:१३ ३० पुष २०७८, शुक्रबार २२:१३ ,

दमाैली– तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुघर्टनामा परी अन्य ८ यात्रु घाइते भएका छन ।

बन्दीपुर–६ बाक्सेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नं.को जिप हटिया भन्ने ठाउँमा सडकबाट करिब १ सय मिटर तल खसेकाे बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । घाइतेकाे उद्धारका लागि गाउँपालिकाकाे गाडी घटनास्थलमा पठाएर घाइतेलाइ बन्दीपुर अस्पताल ल्याइएकाे उनले जानकारी दिए ।

दुर्घटना भएकाे जीपमा १२ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

अपडेटः बन्दीपुर दुर्घटनामा ज्यान गुमाउने ४ जनाकाे सनाखत

Leave a Reply

Your email address will not be published. Required fields are marked *