श्रावण १२ गते २०७६

चितुवाको आक्रमणबाट बालक घाइते

मनोजकुमार श्रेष्ठ/भानु

चितुवाको आक्रमणबाट आइतबार साझ भानु – २ जाेगीडाँडामा एक बालक घाइते भएका छन् । घर नजिकै खेलिरहेको अबस्थामा चितुवाले आक्रमण गर्दा ६ वर्षीय होमराज सुनुवार घाइते भएकाे इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

घाँटी र काधमा चाेट लागेका घाइते बालकको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भर्इ रहेकाे छ । उनी भानु नारेश्वरटार स्थित हेमराज लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत छ्न ।