घिरिङको देउरालिमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

Byखवरबाटिका

९ बैशाख २०७९, शुक्रबार ०८:५७ ९ बैशाख २०७९, शुक्रबार ०८:५७ ९ बैशाख २०७९, शुक्रबार ०८:५७

अन्जान परियार, घिरिङ । घिरिङको देउरालिमा एक दिने निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले घिरिङ्ग गाउपालिका वडा नं ५ देउरालीमा बिहिबार संचालन गरेको स्वास्थ्य शिबिर बाट २६० जना भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका थिए ।

स्वास्थ्य केन्द्रले मानपुर शाखाबाट पनि निशुल्क सेवा दिदै आइरहेको स्वास्थ्य केन्द्र मानपुर शाखाकी प्रमुख रेनु मगरले बताइन।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. राम प्रबोध मण्डलको नेत्तृत्वमा डा. कृष्टिना गणेश र स्वास्थ्यकर्मिहरु सोमकान्त पौडेल, भोजहरि रानाभाट, निर्मला भन्डारी, रेनुका थापा र ल्याब टेक्निसियन कबिता गोसाई लगायतको टिमबाट बिरामी हरुको उपचार एबम स्वास्थ्य परिक्षण गरिएको थियो।

कार्यक्रममा घिरिङ्ग गाउपालिका सल्लाहकार सुमन कुमार श्रेष्ठ, स्वास्थ्यकर्मी प्रीतम थापा र प्रकाश श्रेष्ठले पनि सहजिकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *