असाेज ६ गते २०७६

डेंगु बिरुद्ध सनराइजको सचेतना

सनराइज बैंक लिमिटेड दमौली शाखाले १२ औं बार्षिकोत्सबको अवसरमा बुधबार व्यास–२ केराघारी स्थित आधारभुत स्वास्थ्य चौकीमा डेंगु बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य चौकी र समाधान हस्पिटल प्रा.ली. दमौलीको प्राविधिक सहयोगमा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
पछिल्लो समय प्रकोपको रुपमा देखा परेको डेंगु रोग बारे सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सनराइज बैक लि. दमौली शाखाका प्रमुख किर्तीमान रानाले बताए। कार्यक्रममा २ सय भन्दा बढि सर्वसाधारणको सहभागिता रहेको बैकले जनाएको छ ।
सहभागीहरुलाई समाधान हस्पिटलका चिकित्सक श्रीराम चन्द र केराघारी आधारभुत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यस बाट बच्ने उपायबारे जानकारी गराएका थिए ।