दमाैली स्थित नेशनल एपोलो अस्पतालमा उपचार गराउँदै घाइते युवाहरू ।
प्रहरीको कुटाईबाट गएराती तनहुँमा ४ युवा घाइते भएका छन् । व्यास १२ घाँसिकुवा स्थित सर्भिस एण्ड प्रेजर होटलमा साथीहरुसंग रमाइलो गर्दै गरेका दमौलीमा भुवन गौशली, शिव श्रेष्ठ, राजेन्द्र थापा र सुजन थापा प्रहरीको कुटाईबाट घाइते भएको बताएका छन् ।
प्रहरीको कुटाईबाट भुवनको अनुहारमा, शिवको प्युठ्यु र खुट्टामा, राजेन्द्रको छातीको भागमा चोट लागेको छ । प्रहरीले कुटपीट पश्चात आफूहरुलाई एक रात थुनेर राखेको शिव श्रेष्ठले बताए । ‘प्रहरीले बन्दुक पछाडीको भागले समेत हिर्काए’ दमौली स्थित एपोलो अस्पतालमा उपचारर्थ शिवले भने,‘बिना कारण हामीमाथी प्रहरीले आक्रमण ग¥यो ।’ सबै जनालार्इ प्रहरीले शुक्रबार बिहान छाडेकाे छ ।
रातको समयमा प्रहरी गस्ती र होटलमा बसेका युवाहरु बिच वादविवाद बढ्दै गएको क्रममा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक बिनोद सिलवालले बताए । ‘गस्तीको क्रममा गएको प्रहरी टोलीले अबेर होटल बन्द गर्न अनुरोध गरेको रहेछ,’ उनले भने, ‘आधा घण्टा पछि फर्किदाँ समेत होटल बन्द नभएपछि उनीहरु बिच विवाद भएको हो ।’
अनुरोध गर्दा समेत अटेर गरेका कारण उनीहरुलाई बिहीबार राती नियन्त्रणमा लिएर शुक्रबार बिहान छाडिएको उनले बताए । चाडपर्वको समयमा झै झगडा हुन सक्ने भएका कारण जिल्लाका होटल व्यवसायीसंग राती साढे ९ बजेपछि होटल बन्द गर्ने छलफल भएको सिलवालले जानकारी गराए । घटनाको बिषयमा थप अनुसन्धानका शुरू गरिएकाे उनले बताए ।
प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराहीको प्रबर्द्धनका लागि छाब्दी बाराही बाेलको लोक दाेहाेरी गीत र भिडियो सार्वजनिक भएको छ । पार्वती खनाल र रवि घर्ति मगरको स्वर रहेकाे गीतकाे भिडियोमा सुवास पन्थ र अाशिका...
Read More
दमौली- नवौ हैरान्स कपको फाइनलमा व्यास १ हाईस्कुलटारस्थित नवयुवा क्लव र बेलचौतारास्थित फ्रेन्डस क्लव भिड्ने भएका छन् । शनिबार हुने फाईनल प्रतियोगितामा नवयुवा र फ्रेन्डस क्लव भिड्दैछन् । Post...
Read More
दमाैली- जिल्लाको तनहुँसुर गाउँ विकास समिति–९ राम्चेका सीमान्तकृत चेपाङ परिवारलाई कम्बल वितरण गरिएको छ । तनहुँ समाज हङ्गकङ्गका निवर्तमान अध्यक्ष भिमराज गुरुङ्गले उक्त ठाउँका ३३ परिवार चेपाङलाई एक÷एक थान...
Read More