कार्तिक ३ गते २०७६

बिदामा पनि विद्यालयमा श्रमदान गर्दै प्रधानाध्यापक

भरतपुर-१ देवघाटधाम चितवन मा स्थित सिताराम संस्कृत माध्यमिक विद्यालय का प्रधानाध्यापक मिलन घिमिरेले विद्यालय प्रती गर्नुभएको माया बयान गर्न नसकिने छ ।
विद्यालय मा दशै तिहार को समय मा जुन समय विद्यालय बन्द छ विद्यालय का स्टाफ हरु सहित सम्पुर्ण विध्यार्थीहरु जहाँ छुट्टी मनाइरहेका छन त्यो समय मा वहाँ एक्लै विद्यालय को भर्खरै खुलेको +2 भवन को कक्षा कोठा मा राखिएको विध्यार्थी बस्ने बेञ्च सहित सेतोपाटी मा रङ लगाइरहनु भएको थियो वहाँ ले यति मात्र होइन विद्यालय ले पाउने हरेक लामो विदा को समय मा एक्लै पुरै विद्यालय को भवन देखि टिन को छानो मा रंग लगाउने विद्यालय परिसर सरसफाइ गर्ने लगायत उच्चारण गर्न नसकिने कार्य गर्दै आएको ,विद्यालय को निम्ति दिनरात नभनी खट्टिएको सुन्न र देख्न सकिन्छ
२०७६ कार्तिक ३ गतेको दिन साझ करिब ५:३० बजेको समय मा खबर वाटिका का संवाददाता विद्यालय परिसर बाट गुज्रिदै गर्दा एउटा प्र.अ ले विद्यालय प्रती गरेको त्यो व्यवहार को दृश्य देखे पछि एक छिन बसेर कुराकानी गर्दा विद्यालय को खाता मा खासै बजेट नभएको र पेन्टर लगाउने खर्च ले विद्यालय का केही निजिश्रोत का शिक्षक हरु लाई १ महिना को तलब दिन पुग्ने र आफू लाई घर मा बस्न भन्दा पनि विद्यालय मा नै आनन्द लाग्ने कुरा बयान गर्नु भयो र
एक सरकारी विद्यालय का प्रधानध्यापक जस्तो गरिमामय पद मा बसेका सरकारी कर्मचारी ले काम लाई सानो ठुलो नठानी काम प्रती वहाँ ले देखाउनु भएको त्यो व्यवहार को सम्मान स्वरुप यो समाचार सम्प्रेषण गरिएको हो ।