कार्तिक ३ गते २०७६

छात्रालाई ‘प्रजनन स्वास्थ्य’ सम्बन्धी शिक्षा

विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना जगाउँने उद्देश्यले शुक्रबार भानु माध्यमिक विद्यालय दुम्सीचौरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ तनहुँ सत्यवती र लायन्स क्लव अफ तनहुँ सत्यवतीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सहरी क्षेत्र बाहिर महिनाबारीको समयमा छात्राहरु विद्यालय अनुपस्थित हुने र सरसफाईमा समेत ध्यान नदिने गर्ने भएकाले विद्यालय तहबाट नै उनीहरुमा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना जगाउन क्लवले कार्यक्रमको आयोजना गरेको लियो क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष कल्याणी श्रेष्ठले बताइन । ‘विद्यार्थीले आफ्ना अभिभावकमा समेत सचेतना फैलाउन भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘सचेतना कार्यक्रमलाई अन्य विद्यालयमा समेत पु¥याउने योजनामा छौ ।’
कक्षा ६ देखी १० सम्म अध्ययनरत ५० छात्राहरुको सहभागीता रहेको कार्यक्रममा दमौली अस्पतालका नर्स माया खड्का र सविना लामिछानेले सचेतना सम्बन्धी प्रशिक्षण दिएको कार्यक्रम संयोजक कुसुम गुरुङ्गले जानकारी दिइन ।