तनहुँ । तनहुँका चार स्थानीय तहमा मात्रै सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

तनहुँका १० पालिकामध्ये शनिबारसम्म ४ पालिकामा मात्रै गठबन्धन भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा मात्रै गठबन्धन भएको छ ।  जसमा जसपा सामेल छैन ।

शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, घिरिङ गाउँपालिकामा, भिमाद नगरपालिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

शुक्लागण्डकी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादीका राजु विक उम्मेदवार छन् । यस्तै देवघाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तिल बहादुर थापा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङ उम्मेद्वार छन् ।

यता घिरिङ गाउँपालिकामा कांगेसबाट अध्यक्षमा गंगाराम कुमाल र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट पूर्णबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै भिमाद नगरपालिकामा एकीकृत समाजवादीबाट काजीमान श्रेष्ठले प्रमुखमा र नेपाली कांग्रेसबाट मिलन थापाले उम्मेदवारी दिएका छन् ।

अन्य ६  वटा पालिकामा भने छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् । अझै पनि छलफल भए मिलेर जान सकिने ठाउँ रहेको नेकपा माओवादी केन्द्रका नेता अतिन्द्र केशरी न्यौपानेले जानकारी दिए ।

यता नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्कीले भने गठबन्धनको छलफल जिल्लामा सकिएको बताए । जिल्लाका ४ पालिकामा भएको गठबन्धन पनि जिल्लाबाट नभएको बताए । उनले अगाडी भने ‘चार पालिकाको गठबन्धन पनि स्थानीय रुपमै भएका हुन् ।’

‘जिल्लाबाट टुंगो लाग्न सकेन उता स्थानीय रुपमै मिलेका हुन् ।’ सचिव कार्कीले भने एउटा स्थानीय तहमा भने हाम्रो र माओवादीको कुरा मिलेको छैन ।’

यता नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले भने भानु नगरपालिकामा उपप्रमुख नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मध्ये एक लाई दिने  छलफल भईरहेको बताए ।

उनले अगाडी भने ‘भोलि भोलि शिर्ष नेताहरुको बीच छलफल हुँदैछ त्यहाँबाट टुंगो लाग्छ ।’ भानु नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे उम्मेदवार छन् । उपप्रमुख माओवादी की एकीकृत समाजवादीलाई दिने भनिए तापनि आफ्नो उपप्रमुखको उम्मेदवार भने कांग्रेसले भानुमा फिर्ता लिएको छैन ।

छलफलमा कुरा मिले दिने नमिले आफ्नै उम्मेदवारलाई कायम राख्ने रणनिति कांग्रेसले भानुमा अप्नाएको छ । यता माओबादी केन्द्र र एकिकृत समाजवादी भने उपप्रमुख हत्याउने सुरमा छन् ।

माओवादीबाट उपप्रमुखको उम्मेदवारमा ओमकुमारी पौडेल छिन भने यता एकीकृत समाजवादीबाट श्रीराम पौडेल छन । दुवै पार्टीले दुवैलाई सुरुवातमा प्रमुखको उम्मेदवार बनाउने भनेको थियो तर गठबन्धनका कारण उपप्रमुख पाउने भएपछी दुवै जनाले उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए ।

तर अहिले सोही विषयलाई लिएर भानुमा भद्रगोल देखिएको छ । पद एक तर उम्मेदवार दुई पार्टीबाट दुई जना हुँदा समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *