कार्तिक २५ गते २०७६

‘अघोरी बाबा’की पत्नी प्रहरी नियन्त्रणमा

सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीकी पत्नी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिदेश पठाउँछु भनेर पाण्डेले ठगी गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त बौद्धले पाण्डेलार्इ नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।