अमरराज नहर्की
दमौली
ऐतिहासिक नाटक ‘माटोको माया’को शुक्रबार दमौलीमा मञ्चन गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा तथा व्यास नगरपालिकाकाको प्रवद्र्धनमा उक्त नाटकको पहिलो प्रर्दशनी गरिएको हो ।
स्थानीय कलाकारको सहभागितामा करिब २ महिनाको प्रशिक्षण पश्चात नाटक मञ्चन गरिएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । ‘मानिसमा माटोको माया कति हुन्छ भन्ने कुरा नाटकले दर्शाएको छ,’ उनले भने, ‘अहिलेको समयमा माटोको मायालाई नाटकको माध्यमबाट अघि सारेका हौ।’
उक्त नाटकमा गोरखाका राजा पृथ्वीपतिको भूमिकामा हरिश्चन्द्र वाग्ले, जेठी महारानी कल्पना घिमिरे, कान्छी महारानी सिर्जना वाग्ले, बिन्दु नैनावस्ती, गोरखाका युवराज बीरभद्र पूर्ण बिके र कान्छा राजकुमार माधव अधिकारीले भुमिका निर्वाह गरेका थिए ।
लमजुङे युवराज एलुज श्रेष्ठ, छ्यामा बिन्दु नैनावस्ती, ढ्याब्रे दीपेश खनाल, भुजेल रामु पौडेल, गौरेश्वर संगम सापकोटा र भारदारमा सन्देश अर्याल, दिपेश सुवेदी, नरेन्द्र न्यौपाने र पुजन दाहालको भूमिका थियो ।
स्थानीय कलाकारलाई नाट्य बिधामा अग्रसर बनाउने उद्देश्यले नाट्य अभ्यास गर्दै प्रदर्शन गर्न लागेको अधिकारीले जानकारी दिए । नाटकलाई तनहुँका क्याम्पस, विद्यालय संगै कास्की, काठमाण्डौ र दुबई लगायतका स्थानमा प्रदर्शन गर्ने तयारी भईरहेको उनले बताए । ‘पछिल्लो समय नाटक बिधालाई जर्गेना गर्ने अभियान शुरु गरेका हौ,’ उनले भने, ‘यसले कलाकारितामा लाग्ने युवालाई थप उर्जा दिएको छ ।’
नाटकले राष्ट्रियता प्रतिको सान्र्दभिकतालाई जोडेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘कलाकारहरुको प्रस्तुति राम्रो छ, उनले भने, ‘नाटकलाई अन्य क्षेत्रमा समेत पु¥याउन सके यसले सार्थकता पाउनेछ ।’
दमाैली– बिभिन्न लागुऔषध जन्य सामाग्री सहित तनहुँ प्रहरीले सोमबार दमौलीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यास नगरपालिका ६ Post Views: 101
Read More
बलिउड फिल्मका चर्चित अभिनेता कादर खान यतिबेला बिरामी भएर क्यानडाको एउटा अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा Post Views: 163
Read More
दमाैली – व्यास ३ शान्ति नगरको भीरमुनी मादी नदी किनारमा एक महिलाको शव फेला परेको छ । व्यास २ बसोबास गर्दै आएकी भारत सितामणीकी ४० वर्षिया अजमाना खातुनको शव फेला...
Read More