मंसिर ५ गते २०७६

गायक सपन को `लै बरि लै ´ सार्वजनिक जस बाट भिम वि.क लाई पनि केही सहयोग गरिने

सपनको  ” लै बरी लै ” सार्वजनिक / गीतमा ५ चर्चित हट मोडल फिचर
नेपाली सांगीतिक आकासमा निकै राम्रो नाम बनाएका पुराना गायक सपन श्रेष्ठको नयाँ गीत ” लै बरी लै ” सार्वजनिक भएको छ।गायक सपन र रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ।सार्वजनिक भएको दुई दिनमा नै निकै राम्रो प्रतिक्रिया पाएको यस गीत बात गायक श्रेष्ठ निकै खुसि भएकाछन ।

गायक श्रेष्ठको जर्वरदस्त हट भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारि ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारि लगायतका लाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गयाक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ।मेकिंगको हिसबाले निकै उत्कृष्ट देखिएको भिडियो लाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् .दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

गायक श्रेष्ठ कै श्रीमती अन्जना श्रेष्ठ निर्मात्री रहेको यस भिडियोमा चलेका मोडल लाई उचित तरिकाले भिडियोमा उतार्न गायक श्रेष्ठ सफल भएका छन । “गीत कै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु “, उनले भने।ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । यो गीत अनि भिडियो नै सपनको अहिलेसम्मकै सर्वोत्कृष्ठ रहेको प्रतिक्रिया पाईरहेको, निर्मात्री अन्जना श्रेष्ठले बताईन । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत चै भिम बिकलाई सहयोग गर्ने, गायक सपनले बताए 

साभार