मंसिर ८ गते २०७६

एम्समा युवा र योगा कार्यशाला

२०७६ मंसिर ८ ।

राजमार्ग चौराहा बुटवल अवस्थित एम्स कलेजले अध्ययनमा एकाग्रता, सकारात्मक सोचको विकाश एवं सिर्जनशिलता उजागर गर्दै विद्यार्थीहरुलाई सफल र खुसी जिवन बनाउन आर्ट अफ लिभिङ्गको सहकार्यमा युवा र योगा विषयमा कार्यशाला सम्पन्न गरेको छ ।

व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत २५० जना युवा विद्यार्थीहरु र प्राध्यापकहरुको ठूलो सहभागीता भएको कार्यक्रममा आर्ट अफ लिभिङ्गका प्रशिक्षक पवन नेपालले सफल जिवनका रहस्यहरु, मनको केन्द्रिकरण, आहार व्यवस्थापन, सकारात्मक सोचको विकाश, सिर्जनशिलता लगायत विषयमा प्रणायाम र योगाको अभ्यास सहित अभिमुखिकरण गर्नु भएको थियो।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख दीपक ढकाले अध्यक्षता र स्वागत गर्दै आजको समयमा युवाको मन र व्यवहार विचलित हुदा सोचेको उद्देस्य प्राप्त हुन नसकेको विषयमा धारणा राख्दै युवाहरुमा संस्कार र योग अति आवश्यक रहेको जानकारी गराउनु भयो । सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठको संचालन र कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी भोलि मंसिर ९ गते देखि ६० जना युवा विद्यार्थीहरु यस कार्यक्रममा सहभागी भई योग अम्यास गर्ने कलेज प्रशासनले जानकारी गराएको छ