मंसिर १२ गते २०७६

ढुड्गा लागेर बालकको मृत्यु, २ घाइते

डाेजरले बाटाे खनेकाे हेर्ने क्रममा ढुड्गा खसी २ एक बर्षिय बालककाे मृत्यु भएको छ । २ जना घाइते भएका छन । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका ५ लेस्थरका मंगल भुजेलका छाेरा बिशाल भुजेल रहेकाे इलाका प्रहरी कार्यालय अाबुखैरेनीले जनाएको छ ।

लेस्थरबाट बरालुबबेसि जोड्ने कच्चि सडक खण्डमा डोजरले बाटो खनेकाे हेर्दै गरेका भुजेललाइ माथीबाट खसेकाे ढुंगा लागी घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

ढुड्गा लागेर ७० वर्षिय बुद्धराम भुजेल र उनका नाती साेमे भुजेल घाइते भएकाे प्रहरीले जनाएको छ ।