तनहुँको व्यास ११ रातामाटा स्थित माया युनिभर्स एकेडेमी बिद्यालयका बिद्यार्थीलाइ सोमबार एक शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । बेलायत अार्मि अन्तर्गत क्विन्स गोरखा इन्जिनियर , इन्टेक १४ बिग्रेड गोरखा परिवारले बिद्यार्थीलाइ सामाग्री बितरण गरेको हो ।
बिग्रेडका मिलेन्र्द श्रेष्ठ, मीन गुरुङ, विशाल कुमाल, सन्तोष थापा, प्रकाश रानाले बिद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेका थिए । बिद्यालयका प्रधानाध्यापक मंजिल रानाले यसरी बिद्यालयमा अाएर बिद्यार्थीलाई शैक्षिक सामाग्री ल्याएकोमा धन्यवाद दिदै शैक्षिक समाग्री हस्तान्तरणले बिद्यार्थीकाे अध्ययन कार्यमा थप सहयाेग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै सहयाेगदाताहरू मध्येबाट प्रकाश रानाले अाफुहरुकाे सहयाेगमा बालबालिकालार्इ शैक्षिक सामाग्री प्रदान गर्ने कार्यमा सहभागी हुदाँ निकै खुशी लागेको धारणा व्यक्त गरे । विद्यार्थीहरूलाइ कपि ३० दर्जन, कलम ३५ दर्जन, डट्पेन २० दर्जन, क्लकुलेटर २० थान, ज्यामिति बक्स २० वटा, मेटाउ १०० वटा सामाग्री हस्तान्तरण गरिएको बिद्यालयले जनाएकाे छ ।
कृष्णकुमार श्रेष्ठ ‘किसान’ तनहुँ क्षेत्र नं .१ बाटबामगठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् । तनहुँलाई औद्योगिक, शैक्षिक, स्वास्थ्य, सांस्कृतिक र विकासको पुर्वाधारमा नमुना बनाउने योजना लिएर चुनाबी मैदानमा होमिएका श्रेष्ठसंग...
Read More
अभिनेता अजय देवगनले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर ट्वीटर ह्याण्डल माार्फत सेयर गरिदिएका छन । उनले काजोलको नम्बर सार्वजनिक गर्ने Post Views: 133
Read More
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकारमैत्री कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय...
Read More