मंसिर १७ गते २०७६

अध्यक्षकाे छाेराकाे बिहेमा बिद्यालय बन्द

भानु – विद्यालय व्यवस्थापन समितिका अध्यक्षको छाेराको बिहेमा आइतबार तनहुँको भानुमा एक सामुदायिक बिद्यालयले बिद्यालय नै बन्द गरेकाे छ ।

भानु ४, चुदीरम्घा बेसी स्थित भानु संस्कृत माध्यमिक बिद्यालयले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी आचार्यकाे छाेराको बिहेमा बिद्यालय नै बन्द गरेर शिक्षक शिक्षिका बिहेमा सहभागी भएका हुन। बिद्यालय नजिकै बिहे भएकाले पढार्इमा समस्या हुने भएकाले कर्मचारी बैठक बसेर सार्वजनिक बिदा गरिएको बिद्यालयका प्रधानाध्यापक सुर्य मिश्रले जानकारी दिए ।

‘शिक्षिकाले बिदाका लागि अनुराेध गरेपछि स्टाफ बैठकले निर्णय गरेर बिदा दिएका हाै।’ उनले भने, ‘एक शैक्षिक सत्रमा ५ दिनसम्म सार्वजनिक बिदा दिन पाइन्छ ।’ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यकी श्रीमती गीतादेवी आचार्य साेही बिद्यालयकी शिक्षिकी हुन ।

बिहेको दिन बिद्यालाय बन्द गरिएपछि बिद्यालय परिसर बिहेको पाकिङ स्थलकाे रूपमा परिणत भएको थियाे । शिक्षा एेनमा स्थानीय चाडपर्वमा बिद्यालय व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहकाे शिक्षा शाखाको अनुमतीमा ५ दिन बिद्यालय बन्द गर्न पाइने व्यवस्था रहेको छ।

बिद्यालय बन्द गरिएको सम्बन्धमा अाफूलार्इ केही जानकारी नभएको भानु नगरपालिकाका शिक्षा शाखाका प्रमुख डिल्लीरमण भट्टरार्इले जानकारी दिए ।