पौष ५ गते २०७६

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा पुनः अधिकारी

दमौली– गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहूँको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन शुक्रबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले आकाश अधिकारीको अध्यक्षतामा पुनः नयाँ समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मेघराज आचार्य, उपाध्यक्षमा लक्ष्मी तिमलसेना, सचिवमा दिवाकर भट्टराई, सहसचिवमा शान्ता वास्तोला, कोषाध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा यम प्रसाद सापकोटा, हरिश्चन्द्र वाग्ले, माधवप्रसाद अधिकारी, विजय रानाभाट, आइती गुरुङ र पूर्ण विक चयन भएका छन् ।
नयाँ कार्य समिति चयन संगै अध्यक्ष आकाश अधिकारीले संस्थाको कमी कमजोरीलाई हटाउँदै गीतल प्रतिष्ठान तथा नाटक मञ्चलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

0Shares