माघ १८ गते २०७६

गौतम बुद्ध रंगशालालाई पराशरको एक लाख दश हजार

चितवनमा निर्माणधिन गौतमबुद्ध रङ्गशाला निर्माणका लागि पराशर विद्यार्थी समूह र पराशर कलेज दमौलीले एक लाख दश हजार रुपैया सहयोग गरेको छ। विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व तथा जवाफदेहिता वहन गर्ने सीप विकास लागि कलेजले विद्यार्थी समृह परिचालन गरी रंगशाला निर्माणका लागि सहयोग गरेको पराशर कलेज दमौलीका प्रिन्सिपल अमृत भण्डारीले जानकारी दिए ।

संकलित रकम एक कार्यक्रमका बिच कलेजका शिक्षक र विद्यार्थीले रंगशाला निर्माणस्थलमा नै पुगेर निर्माण समितिलाई रकम हस्तान्तरण गरिएको विद्यार्थी संयोजक देव सुनारले खबरवाटिकालाई बताए । निर्माणाधिन रङ्गशालामा परासर कलेजका शिक्षक तथा विद्यार्थीले मैत्रीपूर्ण क्रिकेट खेल प्रदर्शन समेत गरेका थिए । खेलमा विद्यार्थी समुह १४ रनले बिजयी भएको कलेजले जनाएको छ । शिक्षक समूहले ७५ र विद्यार्थी समुहले ९० रन ल्याएका थिए ।

0Shares