माघ २१ गते २०७६

५० हजार भन्दा बढी दिनेलाइ बाँजा सहित सम्मान

महाभारतका रचयिता वेदव्यासको १०८ फिट अग्लाे मूर्ती निर्माणका लागि साेमबारदेखी दमाैलीमा श्रीमद् भागवत विराट ज्ञान महायज्ञ संचालन भएकाे छ । महायज्ञमा ५० हजार भन्दा बढि दान दिने दानवीरलाइ बाँजा सहित महायज्ञ परिसरमा लगिने अायोजक व्यास क्षेत्र शिव पाञ्चायन विकास काेषले जनाएको छ ।

मंगलबार महायज्ञमा एक लाख ८ हजार १ सय १५ रूपैया दान गर्ने व्यास २ दमाैलीका विष्णुप्रसाद वाग्ले र ५२ हजार ५ सय ५५ रूपैया दान गर्ने तनहुँ साैन्दर्य व्यवसायी संघलाइ भजन किर्तन समुह सहित महायज्ञ परिसर प्रवेश गराइएको व्यास क्षेत्र शिव पाञ्चायन विकास काेषका महासचिव बिष्णुभक्त सिग्देलले जानकारी दिए । वाग्ले मंगलबारसम्म संकलन भएकाे दानमा धेरै दिने मध्येका दाेश्रा हुन् । तनहुँ उद्याेग वाणिज्य संघले हालसम्म सबैभन्दा धेरै १ लाख १ हजार १ सय ११ रूपैया दान गरेकाे अायोजकले जनाएकाे छ ।

महायज्ञमा मंगलबारसम्म ८ लाख ३५ हजार २ सय १५ रूपैया संकलन भएकाे महायज्ञका अार्थिक संयाेजक मंगलप्रसाद श्रेष्ठले जानकारी दिए । महायज्ञमा दान गर्ने दानवीरलार्इ अायोजकले निम्न अनुसारकाे सम्मानकाे व्यवस्था गरेकाे छ ।

0Shares