माघ २९ गते २०७६

पोष्टर टाँस्दै गर्दा समातिए बिप्लव नेता

जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा नेकपा बिप्लव समुहका तनहुँ इन्चार्ज पूर्णजित पुन सहित २ जना पक्राउ परेका छन् । मंगलबार राती म्याग्दे–२ जामुने बजारमा पुनः सहित अखिल क्रान्तिकारीका सदस्य पर्वत सेढाईलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद सिलवालले बताए ।


पक्राउ परेका जिल्ला इन्चार्ज पुन रोल्पाबाट तनहुँको बन्दीपुर बसाई सरेका हुन भने अखिल क्रान्तिकारीका सदस्य सेढाई तनहुँ बन्दीपुरका बासिन्दा हुन । मंगलबार पक्राउ परेका पुन र सेढाईलाई मुद्दा दर्ताको प्रक्रिया अघि बढिरहेको प्रहरी उपरिक्षक सिलवालले जानकारी दिए । ‘उनीहरु बिरुद्ध पुराना मुद्धाहरु समेत दर्ता छन्,’ सिलबालले भने, ‘यस विषयमा थप अनुसन्धान भईरहेको छ ।’

0Shares